समाज


आज राति चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना : मौसमविद्

आज राति चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना : मौसमविद्

नेपालखबर
असार ५, २०७८ शनिबार १४:३२,

आज (शनिबार) राति चारवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

लुम्बिनी र बागमती प्रदेशका थोरै तथा प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भने मेघगर्जन/चट्टयाङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले आगामी २४ घण्टा (आइतबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad