समाज


आँप दिने लोभ देखाएर ९ वर्षीया बालिकालाई बलात्कार गरे, पोल खुल्ने डरले हँसियाले घाँटी रेटे!

आँप दिने लोभ देखाएर ९ वर्षीया बालिकालाई बलात्कार गरे, पोल खुल्ने डरले हँसियाले घाँटी रेटे!

शैलेन्द्र महतो
असार ८, २०७८ मंगलबार २:५१,

बलात्कारपश्चात् पोल खुल्ने डरले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ की ९ वर्षीया शिवानी यादवको हत्या गरिएको तथ्य खुलेको छ।

यही असार ४ गते बिहान साढे ९ बजे स्थानीय शिवनाथ यादवको आँप बगैंचामा घाँटी रेटिएको अवस्थामा शिवानीको शव फेला परेको थियो। अनुसन्धान क्रममा उनको हत्या बलात्कारपछि गरिएको पत्ता लागेको हो।

हत्या आरोपमा आइतबार साँझ पक्राउ परेका स्थानीय १९ वर्षीय रोहित यादवले आँप टिप्न गएकी शिवानीलाई एक्लै भएको मौकाछोपी बलात्कार गरेको र शिवानीले आमालाई भनिदिने बताएपछि उनकै हातमा रहेको हँसियाले घाँटी रेटी हत्या गरेको बयान प्रहरीसमक्ष दिएका हुन्।

सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनापछि भारततर्फ भाग्न लागेको अवस्थामा उनलाई आइतबार साँझ सीमानजिकबाट आइतबार साँझ साढे ७ बजे पक्राउ गरिएको हो।

उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए।

यसरी भएको थियो शिवानीको बलात्कार/हत्या
प्रहरीका अनुसार गत शुक्रबार बिहान साढे ७ बजे शिवानी आफ्नी ५ वर्षीया बहिनी सन्ध्यासँग बाख्रा चराउन र घाँस काट्न घरबाट निस्केकी थिइन्।

घरदेखि करिब ८ सय मिटर उत्तर–पूर्व खेततर्फ जाँदै गरेका बेला बहिनीलाई हिँड्दै गर्नु भनेर उनी बाटोमा पर्ने स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा आँप टिप्न पसिन्।

त्यही बेला बगैंचामा स्थानीय रोहित पनि पुगे। अरू कोही थिएनन्। त्यसपछि उनले आँप दिने प्रलोभन दिँदै शिवानीसँग यौन चाहना पूरा गरे।

जब शिवानीले यो कुरा आमालाई भनिदिने भनिन्, तब उनको हातमा रहेको हँसिया खोसेर रोहितले उनको घाँटी रेटे र फरार भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad