भारतीय वायु सेनाले विस्फोटनको घटनालाई पुष्टि गर्दै ट्विटमा भनेको छ,‘आइतबार बिहान जम्मु एयर फोर्स स्टेसनको प्राविधिक क्षेत्रमा दुईवटा धमाका भएको छ। एक धमाकाका कारण एउटा भवनको छतमा क्षति पुगेको छ। अर्को विस्फोटन खुला ठाउँमा भयो।’
यो विस्फोटनले मानवीय क्षति नभएको सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।
यो दुवै विस्फोटन आइतबार २ बजे केही मिनेटको अन्तरालमा भएको थियो।
ड्रोन आक्रमण भएको आशंकाबीच रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाका भाइस चिफ एयर मार्शल एचएस अरोरासँग कुराकानी गरेका छन्।
हाल अरोरा अनुसन्धानका लागि जम्मु जाँदैछन्। एएनआईले प्राप्त गरेको जानकारी अनुसार ड्रोन आक्रमणकारीले भारतीय सेनाको विमानलाई लक्षित गरी आक्रमण गरेको हुनसक्छन्।
Two low intensity explosions were reported early Sunday morning in the technical area of Jammu Air Force Station. One caused minor damage to the roof of a building while the other exploded in an open area.
— Indian Air Force (@IAF_MCC) June 27, 2021

प्रतिक्रिया