२० हजार वर्षअघि नै कोरोना भाइरसले आतंक मच्चाएको प्रमाण पाइएको छ। वैज्ञानिकका अनुसार जतिबेला पूर्वी एसियामा खतरनाक भाइरसको प्रकोप फैलिएको थियो। त्यहाँ पुर्खाहरूको डीएनए विश्लेषण गर्दा प्रोटिनमा कोरोना संक्रमणको संकेत फेला परेको हो।
वैज्ञानिकका अनुसार त्यस क्रममा त्यस युगका मानिसमा भाइरसका कारण डीएनएमा परिवर्तन देखिएको तथ्य पाइएको हो, जसरी अहिले कोरोना भाइरसका कारण देखिएको छ।
यो दाबी अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र क्विन्सल्यान्ड युनिभर्सिटीले गरेको अनुसन्धानमा गरिएको हो।
डीएनएमा देखिएको परिवर्तनको संकेत
अनुसन्धान क्रममा मानिससँग सम्बन्धित हजार जिनोम प्रोजेक्टको तथ्यांक संकलन गरिएको थियो। जसबाट मानिसको कुन जिनमा कोरोना (सार्स–कोभ २) को संक्रमणसँग सम्बन्धित प्रोटिन कोड बदलिएको छ भने पत्ता लगाउने प्रयास गरियो।
अनुसन्धानको दोस्रो चरणमा पूर्वी एसियाका मानिसमा डीएनएको जाँचको रिपोर्ट हेरियो। त्यस क्रममा वैज्ञानिकले २० हजार पहिले जुन भाइरसको महामारी फैलिएको थियो, त्यो नयाँ कोरोना भाइरसजस्तै थियो।
त्यतिबेला न औषधि न खोप
अनुसन्धानकर्ता किरिल एलेक्सएन्ड्रोभ भन्छन्, ‘२० हजार वर्षपहिले जब यस्तो रोग फैलियो तब न यसको औषधि थियो न त खोप। समयसँगै मानिसको शरीरले भाइरसलाई स्वीकार गर्यो र बिस्तारै-बिस्तारै त्यसले असर पार्न छाड्यो।’ स्रोत : दैनिक भास्कर

प्रतिक्रिया