समाज


आजदेखि ३ दिनसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

आजदेखि ३ दिनसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

नेपालखबर
असार १६, २०७८ बुधबार १:३२,

कम्तीमा आगामी तीन दिनसम्म देशभर पानी पर्ने तथा यस क्रममा कतिपय स्थानमा निकै ठूलो वर्ष हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हिजो मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ। अहिले बिहान पनि काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी परिरहेको छ भने प्रदेश १ तिर ठूलो वर्षा भइरहेको छ।

उनका अनुसार कम्तीमा आगामी ३ दिनसम्म मनसुन सक्रिय हुने र यस क्रममा कतिपय स्थानमा निकै ठूलो (अति भारी) वर्षासम्म हुने सम्भावना देखिएकाले सबैले सतर्कता अपनाउन आवश्यक छ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागले हिजै (मंगलबार) बिहान विशेष मनसुन बुलेटिन–३ जारी गरेर चेतावनी दिइसकेको छ। 

आज बुधबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

महाशाखाका अनुसार आगामी ३ दिन वर्षाको सम्भावना यस्तो छ :

असार १६ गते बुधबार (आज)
दिउँसो : प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

राति : प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

असार १७ गते बिहीबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।

असार १८ गते शुक्रबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।

राति : प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा साथै प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले हेरक दिन सामान्यतया ३ दिनसम्मको मौसम अनुमान सार्वजनिक गर्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad