समाज


त्रिविका सहप्राध्यापक शंकर भण्डारीको सवारी दुर्घटनामा मृत्यु

त्रिविका सहप्राध्यापक शंकर भण्डारीको सवारी दुर्घटनामा मृत्यु

नेपालखबर
असार १६, २०७८ बुधबार १:३५,

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शंकर भण्डारीको रुपन्देहीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।

देवदह नगरपालिका–१० चरंगेमा मंगलबार साँझ बा १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

भण्डारी आफैँले चलाएको कार चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टबाट खोलामा खस्दा दुर्घटना भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले उपचारको लागि बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल नपुग्दै भण्डारीको मृत्यु भइसकेको चिकित्सकले बताएका छन्। कारमा भण्डारीसहित तीन जना सवार थिए। बाँकी दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad