ad ad

समाज


किशोर हुँ भन्ने ६० वर्षका वृद्ध र १५ वर्षकी किशोरीबीच अनलाइन डेटिङ!

किशोर हुँ भन्ने ६० वर्षका वृद्ध र १५ वर्षकी किशोरीबीच अनलाइन डेटिङ!

नेपालखबर
भदौ १४, २०७६ शनिबार ८:६,

सुसानले १५ वर्षको हुँदादेखि रिचार्डसँग सम्पर्क बढाएकी थिइन्। उनीहरुको अनलाइन सम्बन्ध दश वर्षभन्दा बढी चल्यो।

पछि थाहा भयो रिचार्ड ६० वर्ष काटिसकेका वृद्ध रहेछन्। उनी सुसानको हजुरबाको उमेरका रहेछन्।

रिचार्डले सुसनसँग सुरुवातमा आफू १७ वर्षको भएको बताउँदै इन्टरनेटमा सम्बन्ध सुरुवात गरेका थिए।

यो घटना अस्ट्रेलियाको हो। रिचार्डले सुसानलाई आफू म्याके शहरको भएको बताएका थिए।

सुसान भन्छिन्,‘एक दिन मेरा बुबा घरबाट केही दिनका लागि बाहिर जानु भएको थियो। त्यसबेला मैले रिचार्डसँग लगातार १८ घण्टा कुरा गरेँ।’

उनीहरु प्राय दैनिक रुपमा कुरा गर्दथे। उनीहरु यौनका कुरा गर्दथे, नग्न फोटोहरु साटासाट गर्दथे।
कुराकानी सुरुवात भएको तीन वर्ष वितेपछि सुसान १८ वर्षकी भइन्। त्यसबेला उनले रिचार्डलाई भेट्न आग्रह गरिन्। तर त्यसको दुई हप्तापछि रिचार्डले आफूहरुको सम्बन्ध सकिएको बताए।

तर पनि उनीहरु बोल्न भने छाडेनन्। समय बित्दैजाँदा सुसानले विवाह गरिन्। उनले बच्चा जन्माइन्। यद्यपी उनीहरुले यौनका कुरा गर्न छाडेनन्। नग्न फोटोहरु पठाउन छाडेनन्।

Related image

तस्बिर हेर्दा रिचार्ड भर्खरकै देखिन्थे। पछि थाहा भयो उक्त तस्बिरहरु रिचार्डका छोराका रहेछन्। रिचार्ड नामनै नक्कली रहेछ।

ती व्यक्ति सुसानका हजुर बुबाको उमेरका रहेछन्। सुसानले न्युज डट कम डट अससँगको कुराकानीमा भनिन्,‘इन्टरनेटमा यस्ता फाटाहा मानिसहरु ठगहरु धेरै हुन्छन्। हामीले समयमै विचार पुर्याउनु पर्ने रहेछ।’

आफ्ना नग्न तस्बिरहरु सार्वजनिक नभएकोमा आफू भाग्यशाली भएको सुसान बताउँछिन्। अपरिचित फेसबुक अकाउन्ट तथा डेटिङ एपको माध्यमबाट सम्बन्ध बढाउँदा धोका पाउन सकिने सुसान आफ्नो अनुभव सुनाउँछिन्।

परामर्शदाता डि केम्पो भन्छन्,‘प्राय वृद्धहरु आफ्ना यौन चाहना पुरा गर्न, एक्लोपनको आभासलाई मेट्न इन्टरनेटमा फेक अकाउन्ट मार्फत् युवतीसँग झुठो माया गाँस्न चाहन्छन्।’ एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .