समाज


एटिएम लुटेर भाग्दै गर्दा थप एक चिनियाँ विमानस्थलबाट पक्राउ

एटिएम लुटेर भाग्दै गर्दा थप एक चिनियाँ विमानस्थलबाट पक्राउ

नेपालखबर
भदौ १६, २०७६ सोमबार १:४७,

एटिएमबाट पैसा लुट्ने चिनियाँ गिराेहका थप एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।

आइतबार राति उनी पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवा रहेका छन्।

फरार अन्य दुईको खोजी भईहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङ छन्।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .