समाज


देशका अधिकांश स्थानमा मौसम बदली, केही ठाउँमा वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा मौसम बदली, केही ठाउँमा वर्षाको सम्भावना

नेपालखबर
भदौ १६, २०७६ सोमबार २:११,

आज (सोमबार) देशका अकिांश स्थानमा आंशिक बदली हुने र थारै स्थानमा वर्षा हुने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सीमर श्रेष्ठका अनुसार आज कतै त्यस्तो ठूलो वर्षाको सम्भावना छैन।

अहिले (सोमबार बिहान पौने ८ बजे) मध्य पश्चिम तराईमा एक/दुई ठाउँमा वर्षा भइरहेको उनले जानकारी दिए।

दिउँसो पनि विशेषगरी मध्य पश्चिम तराईकै थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए।

‘दिउँसोतिर काठमाडौं उपत्यकामा पनि मेघ गर्जनसहित क्षणिक वर्षा हुने देखिन्छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १६ गते सोमबार
दिउँसो : देशभरि आंशकदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा साथै पूर्व र मध्यका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

 भाद्र १७ गते मंगलबार

दिउँसो : देशभरी आंशकदेखि सामान्यसम्म बदली रही केहि स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति : देशका अधिकांश स्थानहरुमा सामन्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरूमा साथै मध्य तथा पुर्वका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। पुर्व र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।

भाद्र १८ गते बुधबार

दिउँसो : देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका केही स्थानहरूमा साथै मध्य तथा पुर्वका थोरै स्थानहरूमा मेघ गर्जनरचचट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .