प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हल चोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए।
उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौँको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेलाई रु दुई लाख रकम माग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरु हाल सामाखुसीमा बस्दै आएको खुलेको छ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थापाले जानकारी दिए। रासस

प्रतिक्रिया