आज (शनिबार) देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले पश्चिमका केही तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ।
मौसमविद् मञ्जु बासीका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : देशका केही स्थानमा मेघ गर्जन/चट्याङको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।
‘साथै राति पश्चिम र मध्य क्षेत्र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।
काठमाडौं उपत्यकामा पनि अपराह्नपछि पानी पर्ने सम्भावना रहेको उनले बताइन्।
उनका अनुसार वर्षा खण्ड खण्डमा अर्थात् एक ठाउँमा पानी पर्ने तर नजिकै अर्काे स्थानमा नपर्ने हुन्छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र २१ गते शनिबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिम तथा मध्यका केही स्थानहरूमा साथै पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
भाद्र २२ गते आइतबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति : देशभरि सामान्य बदली रही केही स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
भाद्र २३ गते सोमबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
राति : देशभरि सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना देखिन्छ।# माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया