समाज


थोरै स्थानमा वर्षा/पहाडी भेगमा पहिरोको सम्भावना

थोरै स्थानमा वर्षा/पहाडी भेगमा पहिरोको सम्भावना

नेपालखबर
असोज ३, २०७६ शुक्रबार २:१८,

आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने थोरै स्थानमा वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज कतै भारी वर्षाको सम्भावना छैन।

‘थोरै स्थानमा मेघ गर्जन/चट्याङसहितको क्षणिक वर्षा हुने संकेत देखिएको छ,’ नेपालखबरसँग उनले भनिन्, ‘खासगरी पूर्वी क्षेत्रमा तर अन्य भेगमा पनि हुन सक्छ।’

उनका अनुसार काठमाडौं उपत्यकामा पनि मौसम बदली भएकाले क्षणिक वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशभरि थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाले पहाडी भू-भागमा पहिरो जान सक्ने तथा नदीहरूमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

यस्तो छ महाशाखाले जारी गरेकाे आगामी तीन दिनको मौसम अनुमान
असोज ०३ गते शुक्रबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज ०४ गते शनिबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमका थोरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य तथा पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०५ गते आइतबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य तथा पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad