समाज


मापसे चेकिङ थप कडा पार्ने ट्राफिक प्रहरीको तयारी

मापसे चेकिङ थप कडा पार्ने ट्राफिक प्रहरीको तयारी

नेपालखबर
असोज ६, २०७६ सोमबार १३:२०,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने बताएका हुन्। उनले त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको पनि जानकारी दिए।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख ढकालले दशैंमा सञ्चालन हुने सबै यातायातको साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए। त्यसो नगरिए प्रहरीले कडा कार्वाही गर्ने पनि प्रमुख ढकालको भनाई छ।

प्रमुख ढकालले दसैंका लागि टिकट बुकिङ काउन्टरहरुमा लुटपाटजस्ता अपराधिक गतिविधि हुन नदिन सादा पोशाकका प्रहरी व्यापक रुपमा परिचालन गरिएको पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad