नेपाल पत्रकार महासंघले बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अलीमाथि अज्ञात समुहले आक्रमण गरी घाइते बनाएको तथा लुटपाट गरेको घटनाप्रति गम्भीर ध्यानआर्कषण भएको जनाएको छ।
महासंघ बाँके शाखाका अनुसार असोज १० गते साँझ घर जाने क्रममा बाटोमा संस्थापक अध्यक्ष अलीमाथि अज्ञात समुहले पछाडिबाट आक्रमण गर्नुका साथै उनको साथमा रहेको मोवाईल समेत लुटपाट गरेका थिए।
महासंघ संस्थापक अध्यक्ष अलीमाथि भएको आक्रमण र लुटपाटको घटनाको कडा शब्दमा भर्त्सना गर्दै महासंघले घटनामा संलग्नहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया