इराकमा सरकार विरोधी प्रदर्शनका क्रममा ६० प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई प्रहरी पनि रहेका छन्।
चार दिनयता जारी प्रदर्शनका क्रममा २ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ।
देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, खराब सार्वजनिक सेवाको विरुद्धमा सर्वसाधारणले त्यहाँ सरकार विरोधी प्रदर्शन गरेका हुन्।
प्रदर्शनका अधिकाँश युवा समावेश छन्। प्रधानमन्त्रीले झुँठो वाचा गरेका कारण आफूहरु प्रर्दनमा उत्रिएको युवाहरुको भनाइ रहेको छ।
प्रधानमन्त्री अदेल अब्देल महदीले आफ्नो प्रशासनको बचाउ गरेका छन्। उनले आफूले देशका मानिसको समस्यालाई सुल्झाउने बताएका छन्।
3
Shares

प्रतिक्रिया