राजनीति


महराविरुद्ध रोशनीले दिइन् बलात्कार आरोपमा प्रहरीमा उजुरी

महराविरुद्ध रोशनीले दिइन् बलात्कार आरोपमा प्रहरीमा उजुरी

नेपालखबर
असोज १८, २०७६ शनिबार ७:२३,

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोपमा प्रहरीमा उजुुरी दर्ता भएको छ।

‘पीडित’ रोशनी शाहीले महराविरुद्ध नयाँ बोनश्वर प्रहरी वृत्तमा जबर्जस्ती करणी उद्योगअन्तगर्गत किटानी जाहेरी दिएकी हुन्।

गत आइतबार राति महराले आफूलाई बलात्कार प्रयास गरेकाे भन्दै राेशनीले सञ्चारमाध्यममा भिडियाे अन्तर्वार्ता दिँदै घटना सार्वजनिक गरेकी थिइन्। 

तर त्यसकाे भाेलिपल्ट पुन: अर्काे मिडियालाई भिडियाे अन्तर्वार्ता दिँदै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेकाे भनेकी थिइन्। 

प्रहरीले गरेको प्राविधिक अनुसन्धानले भने महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि गरेकाे छ।

घटनापछि नेकपाकाे निर्णयअनुसार महराले सभामुखबाट राजीनामा दिइसकेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad