पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङमा शनिबार बस र ट्रक आपसमा ठोक्किँदा च्यापिएका ट्रक चालकको उद्धार गरिएको छ।
भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाडौं जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा बिहान २ बजे आपसमा ठोक्किएका हुन्।
त्यस क्रममा ट्रकमा च्यापिएर चालक गम्भीर घाइते भएका हुन्। ट्रकले च्यापिएका चालकको करिब ८ घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ११ जना सामान्य घाइते भएका छन्। उनीहरूको दाङमै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
3
Shares

प्रतिक्रिया