समाज


‘राति वर्षा हुन्छ, सतर्कता अपनाउनुस्’

‘राति वर्षा हुन्छ, सतर्कता अपनाउनुस्’

नेपालखबर
असोज २१, २०७६ मंगलबार १३:१७,

आज (मंगलबार) राति पूर्वदेखि पश्चिमसम्मै देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसमविद्का अनुसार आज राति मध्य र पूर्वका थोरै स्थान तथा पश्चिम पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।

मंगलबार साँझ मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन आग्रह गरेको हो।

पश्चिम बंगालआसपास रहेको न्यून चापीय क्षेत्रका कारण पूर्व तथा मध्य र पश्चिमी वायुका कारण पश्चिमी क्षेत्रमा मौसम बदली र वर्षा हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad