नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादसैंमा अढाई करोडका खसीबोका बिक्री गरेका छन्।
बितेका १० दिनमा उपर्युक्त सहकारीले स्थापना गरेका संकलन केन्द्रबाट २ लाख ५० लाख मूल्य बराबरका खसीबोका बिक्री भएका हुन्।
हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेंसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैंमा मात्रै २ करोड ३० लाखको मूल्य बराबरका खसीबोका बिक्री गरेको छ। सहकारीले स्थापना गरेका संकलन केन्द्रमा किसानबाट संकलित खसीबोका बिक्री गरिएको हो।
दसैं सुरु भएपछि नवमीसम्ममा १ हजार ७६३ वटा खसीबोका बिक्री गरिएको सहकारीका व्यवस्थापक सुशीला परियारले जानकारी दिए।
यस्तै नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले २० लाख मूल्य बराबरका खसीबोका बिक्री गरेको छ।

प्रतिक्रिया