ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ।
उनलाइए डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा प्रदेश सरकारले गरेको हो।
प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।
काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए।
तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागिएको बताए।
नख्खुको उर्लँदो भेलमा हेलिएर चनिकलालले ४ मिनेटमै गरे राज र मेघनाको उद्धार
अस्पतालको बेडबाट नख्खुमा बेपत्ता बहिनी खोज्दै छिन् मेघना, जवाफ दिन सक्दैनन् राजु
333
Shares

प्रतिक्रिया