आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो। हिजो सोमबार ५.२ डिग्री सेल्सियस थियो।
हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही घटे पनि अधिकतम तापक्रम भने थोरै बढेको छ।
मौसम महाशाखाको तथ्यांकअनुसार सोमबार १६.७ डिग्री सेल्सियस रहेको काठमाडौँको अधिकतम तापक्रम मंगलबार १७.२ डिग्री सेल्सियसमा उक्लिएको छ।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ। यसको ठिक उल्टो दिउँसो आकाश सफा हुँदा घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
देशका अन्य स्थानका अधिकतम र न्यूनतम तापक्रम विवरण तल :

Shares

प्रतिक्रिया