समाज


घाँस काट्न गएको बेला चट्याङ लागेर वृद्धको मृत्यु

घाँस काट्न गएको बेला चट्याङ लागेर वृद्धको मृत्यु

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ९:५३, हेटौंडा

चट्याङ लागेर सिन्धुलीको दुधौली नगरपालिका–४ पाखाभित्ताका एक वृद्धको ज्यान गएको छ। 

अविरल वर्षासँगै शनिबार साँझ परेको चट्याङ लागेर स्थानीय ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। उनी शनिबार साँझ घरनजिकै रहेको मकैबारीमा घाँस काट्न गएका थिए। 

घरदेखि करिब दुई सय मिटर दक्षिणतर्फ रहेको बारीमा काम गरिरहेका बेला चट्याङ परेको थियो। साँझ ढल्किँदासम्म पनि उनी घर नफर्किएपछि परिवारका सदस्य खोज्न जाँदा चट्याङ लागेर ढलिरहेको अवस्थामा फेला परेका थिए।

घटनास्थलको अवस्था हेर्दा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय बासिन्दाले पुगेर प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय, दुधौलीबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया सकाएर शव पोस्टमार्टमका लागि पठाइएको छ।

मौसम खराब भएका बेला खुला स्थान, खेतबारी तथा अग्ला रुखमुनि नबस्न तथा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad