ad ad

समाज


धरानमा गोली हानेर युवकको हत्या पक्ररण : दुईजना पक्राउ, प्रदेश प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै

धरानमा गोली हानेर युवकको हत्या पक्ररण : दुईजना पक्राउ, प्रदेश प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै

नेपालखबर
साउन १७, २०८० बुधबार १४:३५, काठमाडौँ

सुनसरीको धरानमा गोली प्रहार गरेर एकजना युवकको हत्या गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। 

गत साउन ५ गते साँझ विराटनगर महानगरपालिका-५  का २८ वर्षीय रोहित चौधरीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। 

पक्राउ परेका दुवैजनालाई बुधबार दिउँसो ३ बजे विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्ने सार्वजनिक गर्न लागिएको एक प्रहरी अधिकारीले जानकारी दिए। 

साउन ५ गते साँझ धरान–इटहरी सडक खण्डको सेउती पुलनजिकै गोली प्रहार भएको थियो। धनकुटाबाट मोटरसाइकलमा सवार भएर विराटनगर जाँदै गरेका चौधरीको दाहिने कोखमा गोली लागेको थियो। 

 गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी बीपी कोइराला धरानमा लगिएको थियो। तर उनको उपचारका क्रममा ज्यान गएको थियो।

चौधरीले हाँकेको मोटरसााइकल पछाडि एकजना युवती पनि थिइन्।

त्यसबेला तीन जनाको समूहमा आएकामध्ये एक व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहार गरेर फरार भएकामध्ये दुईजना पक्राउ परेका हुन्। 

घटनाका क्रममा घाइते युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता लगाएर खोजी थालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .