समाज


स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
फागुन ३, २०८२ आइतबार १२:५१, नवलपरासी पूर्व

नवलपरासी पूर्वको गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। 

गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गएराति स्कुटरले ठक्कर दिँदा घाइते भएका तामाङको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा संलग्न स्कुटर चालक गैँडाकोट–८ करङ्घारीका २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad