अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० विश्वकपमा अर्धशतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्।
दीपेन्द्रले आइतबार मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिज विरुद्ध दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन्। उनले ४४ बलमा ३ चौका २ छक्का सहयोगमा अर्धशतक सहयोगमा अर्धशतक पूरा गरे।
४७ बलमा ५८ रन बनाएका दीपेन्द्र १९.२ ओभरमा जेसन होल्डरको बलमा क्याच आउट हुन पुगे।
नेपालले खेलेको विश्वकपमा अर्धशतक पूरा गर्ने दीपेन्द्र दोस्रो खेलाडी हुन्। यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा ओपनर सुवास खकुरेलले अर्धशतक बनाएका थिए। त्यसपछि नेपालका कुनै पनि ब्याटरले अर्धशकत हान्न सकेका थिएनन्।
विश्व कपमा नेपालले खेलेका ९ खेलमध्ये दोस्रो र नवौं खेलमा अर्धशतक बनेको हो। यसअघि दीपेन्द्रले इंग्ल्यान्डविरुद्धको खेलमा टी-२० आइमा करियरको २ हजार रन पूरा गरेका थिए।
Shares

प्रतिक्रिया