डोल्पाको जुफाल विमानस्थल हिउँले सेताम्य भएको छ। विमानस्थलमा हिउँ जमेपछि हवाई जहाज उडान र अवतरणमा समेत समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ। हिमपातको कारण डोल्पाका डाँडाकाँडा पनि सेताम्य बनेका छन्। चिसो बढ्दा जनजीवन भने प्रभावित बनेको छ। प्रकाशित: मंसिर २७, २०८० बुधबार ९:३८ 39 Shares
प्रतिक्रिया