समाज


हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

नेपालखबर
चैत ११, २०८१ सोमबार १५:१४, हुम्ला

जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ। जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिए।

नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी १८०, कागुनोको चामल प्रतिकेजी १८०, सिमी प्रतिकेजी १७०, तिते फापर प्रतिकेजी १००, मिठे फापर प्रतिकेजी १२०, उवा प्रतिकेजी १२० र कोदो प्रतिकेजी १०० रुपैयाँ निर्धारण गरिएको छ।

चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रुपैयाँले बढाइएको छ भने सिमीमा प्रतिकेजी १० बढाइएको छ।

यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ। हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad