सुर्खेतको लेकवेँसी नगरपालिका-७ लमनाका स्थानीयले बँदेललाई थापेको पासोमा चितुवा परेको छ।
लमना गाउँदेखि करिब एकसय मिटर टाढा जंगलमा बँदेललाई थापेको पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आज बिहान सवा ११ बजेतिर चितुवा पासाेमा परेकाे हाे।
प्रहरीका अनुसार बाघको उद्धारका लागि डिभिजन वन कार्यालय सुर्खेतसँग समन्वय भइरहेको छ।
330
Shares

प्रतिक्रिया