जुम्लाका राजबहादुर सुनारलाई जातीय विभेद गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।
आइतबार साँझ जुम्ला बजारको कालेखोलीस्थित एउटा होटेलमा राजबहादुर सुनारलाई गालीगलौज गरिएको थियो। त्यस सम्बन्धी भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
जुम्लाको गुठिचौर गाउँपालिका-३ की कविता बुढाले राजबहादुरलाई दुर्व्यवहार गरेको भिडिओमा देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि विरोध हुन थालेको छ।
भिडिओ सार्वजनिक भएपछि कवितालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले बताए। ‘घटनाको भिडिओ बाहिरिएपछि पीडकलाई नियन्त्रणमा लिएका छौँ। जाहेरी आएको छैन। पीडितहरू जाहेरी लेख्दै हुनुहुन्छ भन्ने बुझिएको छ,’ उनले भने।
किन विवाद भयो भन्ने खुलेको छैन। जाहेरी आएपछि घटनाबारे थप सोधपुछ गरिने उनले बताए।
Shares

प्रतिक्रिया