काेशी प्रदेश सरकारले भोलि बिहीबार सार्बजनिक बिदा दिएको छ।
प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेश सरकार मन्त्रिपरिषद बैठकले बिहीबार सार्बजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेशसभामा भएको मतदानमा कोशी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो। कोशी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका हुन्।
प्रदेशको नाम कोशी राख्नका लागि नेकपा एमालेको तर्फबाट सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए।


प्रतिक्रिया