ad ad

समाज


बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु, अर्का घाइते

बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ११:१३, सुनसरी

सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ। 

चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ जमटोकीमा दुर्घटनामा परेको हो। 

तीव्र गतिको मोटरसाइकल सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किँदा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .