समाज


बसमा यात्रा गर्दागर्दै ४३ वर्षीया महिलाको मृत्यु

बसमा यात्रा गर्दागर्दै ४३ वर्षीया महिलाको मृत्यु

नेपालखबर
चैत ९, २०८१ शनिबार ७:२, विराटनगर

झापामा एक महिलाको सार्वजनिक बसमा यात्रा गर्दागर्दै  मृत्यु भएको छ। 

दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको बसको सिटमा बसेकै अवस्थामा मोरङको गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार चेम्जोङको मृत्यु भएको हो। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार साँझ ५:५० बजेतिर झिलझिले पुगेपछि  बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

एक्कासि बेहोश भएकी उनलाई त्यसपछि लालिगुँरास हेल्थ क्यैरमा उपचार गरिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

उनलाई गएराति नै डाक्टरले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी प्रेसर, सुगर लगायत दिर्घरोगबाट पीडित रहेकी परिवारका सदस्यले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad