समाज


करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

नेपालखबर
चैत ३१, २०८१ आइतबार ९:४९, विराटनगर

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काई नगरपालिका- १ बस्ने ६६ वर्षीय ताराबहादुर बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घरमा पानी तान्ने बिद्युतीय मोटरको तारबाट शनिबार करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।  

उपचारको लागि आफन्तले तत्कालै उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि इलामको माई नगरपालिका- ८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईको पनि करेन्ट लागेर मृत्यु भएको छ। 

घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad