समाज


तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा एक चालकको मृत्यु, अर्का युवक समातिए

तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा एक चालकको मृत्यु, अर्का युवक समातिए

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १२:०, झापा

झापामा दुई मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परेको अर्को मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

गएराति कन्काई नगरपालिका-३ स्थित भित्री सडक खण्डमा सुरुङ्गा पुलबाट टप्पुचोक तर्फ जाँदै गरेको प्र.१-०२-०५८ प ५०६३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१-०१-०१५ प ४२१० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। 

दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक  कन्काई नगरपालिका-३ बस्ने ३३ वर्षीय दिपक सिटौलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

टाउकोमा गम्भीर चोट लागेका सिटौलालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ४२१० नम्बरको मोटरसाइकल चाकल कन्काई नगरपालिका-६ बस्ने २३ वर्षीय नितेश बस्नेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ। 

मृतकको शव आवश्यक कानुनी प्रक्रियापछि पोष्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ। 

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad