समाज


ससुरालीमै गएर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

ससुरालीमै गएर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

नेपालखबर
माघ २०, २०८२ मंगलबार ९:४, विराटनगर

मोरङको रंगेलीमा मंगलबार बिहान एक युवकले पत्नीको हत्या गरेका छन्। पत्नीकाे हत्यापटि उनी आफूले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ। 

रंगेली–५ बहुवन निवासी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमा पुगेर गएराती पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरी आफ्नै ज्यान लिएका हुन्।

सोमबार बेलुका धनपट्टीस्थित ससुराली पुगेका मुकेशले मंगलबार बिहान करिब २ बजेतिर बीभत्स घटना घटाएको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

श्रीमान–श्रीमतीबीच भएको सामान्य घरेलु विवादले उग्र रूप लिँदा मुकेशले चक्कु प्रहार गरी २१ वर्षीया अम्बिकाको हत्या गरेका प्रहरीको प्रारम्भीक अनुसनधानबाट खुलेको छ।

चक्कुको गहिरो चोटका कारण अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो। पत्नीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम गरिरहेको र शवहरूलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको डिएसपी लामिछानेले जानकारी दिए।

पारिवारिक विवादको वास्तविक कारण र घटनाको अन्य पृष्ठभूमिबारे प्रहरीले अहिले विस्तृत रूपमा अनुसन्धान अगाडि बढाएको छ। घटनालाई पारिवारिक विवादसँग प्रहरीले जोडेर अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad