समाज


जंगली हात्तीले आक्रमण गर्दा घाइते महिलाको उपचारको क्रममा मृत्यु

जंगली हात्तीले आक्रमण गर्दा घाइते महिलाको उपचारको क्रममा मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८२ बुधबार ६:३८, झापा

झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। 

यही फागुन ७ गते बाह्रदशी गाउँपालिका १ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लिला राजवंशी गम्भीर घाइते भएकी थिइन्। 

उनको उपचारको क्रममा बीएसण्डसी अस्पताल बिर्तामोडमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

आफ्नो बनाउदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा स्थानीय लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्तीले आक्रमण गर्दा राजबंशी गम्भीर घाइते भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad