समाज


१९ वर्षीया युवतीलाई आफ्नै घरमा लगेर करणी गरेको आरोपमा २३ वर्षका युवक पक्राउ

१९ वर्षीया युवतीलाई आफ्नै घरमा लगेर करणी गरेको आरोपमा २३ वर्षका युवक पक्राउ

नेपालखबर
बैशाख १९, २०८३ शनिबार ६:३३, झापा

१९ वर्षीया युवतीलाई ललाइफकाइ एकान्तमा लगेर जबरजस्ती करणी गरेको आरोपमा झापा प्रहरीले २३ वर्षका एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्ने २३ वर्षीय अमृत धन कुलुङ राई रहेका प्रहरीले जनाएको छ। 

उनले स्थानीय १९ वर्षकी लालमैया (परिवर्तित नाम)लाई शिवसताक्षी ९ दुधेमा रहेको कोही नबस्ने आफ्नै पुरानो घरमा लगेर जबरजस्ती करणी गरेको आरोप छ।

आफूलाई अमृत धनले ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडित युवतीले यही वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्।

युवतीको उजुरीपछि वैशाख १६ गते इलाका प्रहरी कार्यालय झिलझिलेबाट खतिएको प्रहरीले दुधेचोकबाट युवकलाई पक्राउ गरेको छ। 

उनलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad