ad ad

समाज


गृहमन्त्री र भारतीय राजदूतद्वारा विद्यालय भवन उद्घाटन

गृहमन्त्री र भारतीय राजदूतद्वारा विद्यालय भवन उद्घाटन

नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:१९, काठमाडौँ

भारत सरकारको अनुदान सहयोगमा रूपन्देहीको रोहिणी गाउँपालिका धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालय भवन तथा प्रयोगशाला उद्घाटन गरिएको छ। 

गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती परियोजनाको संयुक्त रूपमा उद्घाटन गरे।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको २ करोड ९० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा उक्त विद्यालय भवन निर्माण भएको हो।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनामध्येको एक रहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना भारतले अघि बढाइसकेको छ। 

स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै प्रदेशमा ४७५ परियोजना सम्पन्न भइसकेका छन्। तीमध्ये रूपन्देहीका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .