ad ad

राजनीति


माधव नेपाललाई हराएकै क्षेत्रबाट झक्कु सुवेदी उम्मेदवारमा सिफारिस

माधव नेपाललाई हराएकै क्षेत्रबाट झक्कु सुवेदी उम्मेदवारमा सिफारिस

नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्र काठमाडौँ क्षेत्र नं. २ ले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ। 

शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा तर्फ झक्कुप्रसाद सुवेदी र कृष्णराज सुवेदीको नाम सिफारिस गरेको हो।

झक्कुप्रसाद सुवेदीले २०६४ को संविधान सभाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए। 

कृष्णराज बागमती प्रदेश कमिटी सदस्य एवम् माओवादी केन्द्रबाट २०७४ मा शंखरापुर नगरपालिकाको मेयरको प्रत्यासी हुन्।

त्यसैगरी संघको सामानुपातिकतर्फ विमल ढुङ्गेल, बालचन्द्र श्रेष्ठ र कुमार पौडेलको नाम सिफारिस गरिएको छ। 
काठमाडौँ क्षेत्र नं २ मा काठमाडौँ महानगरपालिकाको वडा नं. ९ र ३२ तथा कागेश्वरी मनोहरा र शंखारापुर नगरपालिका रहेका छन्। 

गत स्थानीय तहको निर्वाचनमा वडा नं. ९ मा कांग्रेस, वडा नं ३२ मा एमाले, कागेश्वरी मनोहरामा कांग्रेस र शंखारापुर नगरपालिकामा राप्रपा निर्वाचित भएका थिए। 

समग्रमा यो क्षेत्रमा २ वडा अध्यक्ष र २ पालिका प्रमुखको मत जोड्दा गठबन्धनको २७६२५, एमालेको १९४०८ र राप्रपाको ८०५९ मत रहेको छ।

त्यसैगरी माओवादीको तर्फबाट प्रदेश 'क' मा देवराज चौलागाईंको सर्वसम्मत एकल सिफारिस भएको छ। 

पार्टीले गठबन्धनबाट यो क्षेत्र भाग पाउँदा उनी निर्विकल्प उम्मेदवार बन्ने भएका छन्।  प्रदेश क मा वडा नं. ९ र ३२ पर्छन्।

प्रदेश 'क' को समानुपातिक तर्फ रन्जना पौडेल र मनिता रायमाझी सिफारिस भएका छन्। त्यसैगरी प्रदेशसभा 'ख' मा रामप्रसाद खनाल, शंकर दुलाल, दामोदर चापागाई, रमेश तिवारी, अमरचन्द्र बोहोरा र लक्ष्मी प्रसाद कुइँकेलसमेत ६ जना सिफारिस भएका छन्। 

प्रदेश 'ख' मा समानुपातिकतर्फ सन्तबहादुर वाइबा, सीता न्यौपाने, बुद्धि पुर्कोटी र अनिल विक सिफारिस भएका छन्। प्रदेश 'ख' मा कागेश्वरी मनोहरा र शंखारापुर नगरपालिका पर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .