कारोबार


समयमै काम नगर्ने १९ कम्पनीलाई ७ दिने स्पष्टीकरण

समयमै काम नगर्ने १९ कम्पनीलाई ७ दिने स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:३३, काठमाडौँ

समयमै काम नगर्ने १९ कम्पनीलाई लिखित स्पष्टीकरण माग गरेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई स्पष्टीकरण सोधेको हो। 

निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई ३० दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएको कार्यालयले उल्लेख गरेको छ। 

कम्पनीहरुले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस नगरे कालोसूचीमा राख्ने चेतावनी दिएको छ। 

स्पष्टीकरणमा पर्ने कम्पनीमा अनुकूल निर्माण सेवा जुम्ला, खिम निर्माण सेवा कपिलवस्तु, धर्यता निर्माण कम्पनी प्रालि, प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालि पर्सा, लामा/च्याङ्मिला/सुन्दरी जे।भी, हाईग्रिर्भा/सिद्धि साई प्रकाश जेभी रहेका छन्। 

त्यस्तै साइबाबा एन्ड तार कन्स्ट्रक्सन सेवा, सुर्मदेवी कन्स्ट्रक्सन, ड्रिगन कन्स्ट्रक्सन प्रालि, सुर्या सोशनी इन्डस्ट्रियल प्रालि, प्रभु निर्माण सेवा, भास्कर कन्स्ट्रक्सन एन्ड सप्लायर्स, जगदम्बा निर्माण सेवा, याकथुम्काङ/बीपीजेभी रहेको छ। 

त्यसैगरी सानोभेरी निर्माण सेवा, अग्रिम/पीपीजेभी, माँ हर्कादेवी बिल्डर्स प्रालि, जय निर्माण सेवा र रोज कन्स्ट्रक्सनलाई लिखित स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .