समाज


धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

नेपालखबर
साउन १, २०८२ बिहिबार १३:४०, पाल्पा

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाकाे रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार ५६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए।

धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदीधामदेखि देवघाटसम्मको पैदलमार्गअन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लामो पैदलमार्ग निर्माण थालिएको नगर प्रमुख थापाले बताए।

“यस मार्गमा ढुङ्गा छाप्ने र ‘इन्टरलक’ लगाउने काम भइरहेको छ, नदी किनारको प्राकृतिक सौन्दर्य र धार्मिकस्थलको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पु¥याउनेछ”, नगर प्रमुख थापाले भने।

यस मार्गमा आव ०८१/०८२ मा विभिन्न स्थानमा दुई मिटर चौडाइको इन्टरलक राखेर ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ। वडा नं ३ स्थित केलादीमा ५५७ मिटर, ६ को ज्याग्दीपार्कमा १९१ मिटर, तिलकपुरमा ४३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा १९५ मिटर इन्टरलक, ८ स्थित भुजात क्षेत्रमा ६७८ मिटर ढुङ्गा छाप्ने र २१० मिटर इन्टरलक, १० को शालिकराम पार्कमा ११४ मिटर ढुङ्गा छाप्ने र नरमदेश्वर मन्दिरमा १९० मिटर इन्टरलक राख्ने र ढुङ्गा छाप्ने काम भएको छ।

यसैगरी, वडा भानघाट र तातोपानीघाटमा प्रतीक्षालय निर्माण गरिएको छ। यो परियोजना सङ्घीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालन भएको हो।

धार्मिक महत्वको कालीगण्डकी नदी रामनदीधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम, देवघाटसँग जोडिएकाले पैदलमार्ग निर्माणबाट यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad