समाज


राजस्व कार्यालयका बिचौलिया जैसवाल बुटवलबाट पक्राउ

राजस्व कार्यालयका बिचौलिया जैसवाल बुटवलबाट पक्राउ

प्रदीप आचार्य
चैत २२, २०८२ आइतबार १७:२३, काठमाडौँ

राजस्व अनुसन्धान कार्यालय बुटवलमा बिचौलियाको काम गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। देशभर सञ्चालित ‘बिचौलियाविरुद्धको अभियान’ अन्तर्गत बुटवल–८ निवासी भगौती जैसवाल पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार जैसवाललाई राजमार्ग चौराहाबाट नियन्त्रणमा लिइएको हो। राजस्व कार्यालयमा आउने सेवाग्राहीलाई विभिन्न बहानामा दु:ख दिने र अवैध रकम असुल्ने गरेको भन्दै उनीविरुद्ध प्रहरीमा पटक–पटक गुनासो पुग्ने गरेको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जैसवाललाई तत्कालका लागि अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको जानकारी दिए। 'उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भइसकेको छ,' डीएसपी श्रीवास्तवले भने।

पछिल्लो समय रूपन्देही प्रहरीले सरकारी कार्यालयहरूमा हुने सेटिङ र बिचौलियाविरुद्ध सक्रियता बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad