समाज


नक्कली नोटका २५ बिटासहित सर्लाहीबाट दुई युवक पक्राउ

नक्कली नोटका २५ बिटासहित सर्लाहीबाट दुई युवक पक्राउ

नेपालखबर
माघ १९, २०८० शुक्रबार ९:२०, काठमाडौँ

प्रहरीले सर्लाहीको हरिवनबाट नक्कली नोटका २५ बिटासहित दुई युवालाई पक्राउ गरेको छ। २५ बिटाबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नाेट साइजमा काटिएका खाली कागजका बन्डल बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका- ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका- २ का ३६ वर्षीय सन्जय सहनी रहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

प्रदेश-२-०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन ११ कडरिया चोकबाट बिहीबार दिउँसो उनीहरु पक्राउ परेका हुन्। 

‘उनीहरुको साथबाट एक हजार दरका १ सय ७२ थान नक्कली नोटसहित २१ बन्डल नोट साइजमा कटिङ गरिएको सादा कागज पनि बरामद भएको छ,’ इप्रका हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले नेपालखबरसँग भने, ‘उनीहरुको साथबाट केही मात्रामा गाँजा पनि बरामद गरेका छौँ।’

उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको अनुमान प्रहरीले गरेको छ। 

‘उनीहरु सम्भवत आफूसँग भएको नक्कली नोट लालबन्दीतिर व्यवस्थापन गर्ने उद्देश्यले पूर्वतिर जाँदै थिए,’ इन्सपेक्टर गिरीले भने, ‘उनीहरुमाथि हामी थप अनुसन्धान गरिरहेका छौँ।’ 

उनीहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइने गिरीले जानकारी दिए। 

उनीहरुले हजार दरका नक्कली नोटलाई तलमाथि राखेर बीचमा हजार नोटको आकारमै कटिङ गरिएका कागजको बण्डल तयार पारेका थिए। जुन हेर्दा दुरुस्त हजार दरका नोटको बन्डल जस्तो देखिन्थ्यो। त्यस्ता बण्डल २१ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी चार बन्डललमा भने बाहिर हजार दरका नक्कली नोट र त्यसको भित्रपट्टी टेस्टी विस्कुटका २० पुरिया राखेर र्‍यापिङ गरेको अवस्थामा फेला परेको गिरीले जानकारी दिए। 

त्यसैगरी सहनीको साथबाट सक्कली जस्ता देखिने विभिन्न दरका ३५० रुपैयाँ, सिमकार्ड सहितको मोवाइल र महराको साथबाट पनि विभिन्न दरका सक्कली जस्ता देखिने ४१० रुपैयाँ र कि प्याड मोवाइल प्रहरीले बरामद गरेको छ। उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ८१० मिलिग्राम गाँजा पनि बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .