समाज


सर्लाहीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

सर्लाहीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

तस्बिर : रासस


नेपालखबर
चैत २६, २०८० सोमबार १३:२८, सर्लाही

सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।

सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो। 

आगलागीबाट ११ परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

‘आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम हुँदैछ,’ उनले नेपालखबरसँग भने, ‘झण्डै दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएका छौँ।’

आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेकाे उनले बताए। आगलागीबाट लाखौँको क्षति भएको अनुमान छ। 

आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुईवटा वारुण यन्त्र परिचालन गरिएको थियाे। 

२० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुई स्थानीय तहसँग मात्रै वारुणयन्त्र छ। सदरमुकामसमेत रहेको मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारुण यन्त्र छैन। 

सममयमै वारुण यन्त्र नपुग्दा सर्लाहीमा आगलागीले धेरै क्षति हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .