समाज


सडक छेउमा राखेको टायरगाडामा स्कुटर ठोकिँदा आमाको मृत्यु, ११ वर्षीय छोरा गम्भीर घाइते

सडक छेउमा राखेको टायरगाडामा स्कुटर ठोकिँदा आमाको मृत्यु, ११ वर्षीय छोरा गम्भीर घाइते

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १३:१३, सर्लाही

सर्लाहीको ईश्वरपुरमा आज बिहान स्कुटर दुर्घटना हुँदा आको मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।

ईश्वरपुर नगरपालिका–४ सागरनाथमा बिहीबार बिहान पौने ११ बजे बा ५४ प ६३०७ नम्वरको स्कुटर दुर्घटनामा परेको हो। दुर्घटनामा सागरनाथकै ४० वर्षीया देवीमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

‘दुर्घटनामा देवीमायाको घटनास्थलमै मृत्यु भएको छ भने उनका ११ वर्षीय छोरा श्रवण गम्भीर घाइते भएका छन्,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले भने, ‘घुम्ती सडकमा आफैँ अनियन्त्रित भएर स्कुटर दुर्घटनामा परेको देखिन्छ।’

तीव्र गतिको स्कुटर सडक किनारामा पार्किङ गरेर राखिएको टायरगाढामा गएर ठोकिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि घाइते बालकलाई उपचारको लागि मोडेल अस्पताल लालबन्दी लगिएको छ। 

लालबन्दीमा सामान्य उपचारपश्चात उनलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको डीएसपी श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .