समाज


मापदण्डविपरीतका औषधि बेच्ने हरिवनका एक अस्पताल र दुई पसलमा तालाबन्दी

मापदण्डविपरीतका औषधि बेच्ने हरिवनका एक अस्पताल र दुई पसलमा तालाबन्दी

नेपालखबर
बैशाख २४, २०८१ सोमबार ५:५४, सर्लाही

मापदण्ड विपरितका र निषेधित औषधि बिक्री गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनका तीनवटा औषधि पसल र अस्पताल सिल गरेको छ। 

हरिवन-११ स्थित हरिवन बजारमा रहेको न्यु कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर्मा र हरिवन-९ नयाँरोडमा रहेको नयाँरोड सीटी हेल्थकेयर हस्पिटल प्रालिमा सिल गरिएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए। 

 ती औषधी पसल र अस्पतालमा मापदण्ड विपरितका, म्याद नाघेका र निषेधित औषधि विक्री वितरण भइरहेको सूचनाको आधारमा औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका प्रतिनिधिसमेतको उपस्थितिमा आइतबार प्रहरीले खानतलासी गरेको थियो। 

 ‘हामीले गरेको अनुगमनमा ती औषसधि पसल र अस्पतालमा म्याद नाघेका र मापदण्ड विपरितका औषधि पाइयो,’ इन्सपेक्टर गिरीले भने,  ‘त्यस्ता औषधि बरामद गरेर ती औषधि पसल र अस्पताल सिल गरी अर्को आदेश नहुन्जेल सम्मको लागि बन्द गरिएको छ।’ 

ती औषधि पसलबाट म्याद नाघेका Clonaz- 0.25, Oticin, Tracedol,  Loree,  Dolomust-MR, Rabiroz-DSR, Ashyclotlam-SP,  SPASMO लगायतका औषधि बरामद गरिएको गिरीले बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .