समाज


सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा रहेका स्थानीयको आक्रमणबाट प्रहरी हबलदारको टाउको फुट्यो

स्थिति नियन्त्रणमा प्रहरीद्वारा पाँच राउन्ड हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा रहेका स्थानीयको आक्रमणबाट प्रहरी हबलदारको टाउको फुट्यो

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८१ आइतबार ११:३६, सर्लाही

सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा रहेका गाउँलेको समूहले प्रहरीमाथि आक्रमण गरेको छ। 

स्थानीयको आक्रमणमा परेर एकजना ट्राफिक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन्। 

गएराति करिब नौबजे रामनगर गाउँपालिका- ५ बैजनाथ चोकमा ट्राफिक प्रहरीले सवारी साधन र मापसे जाँच गर्ने क्रममा उत्पन्न भएको विवादले उग्र रुप लिँदा घटना भएको हो।

स्थानीयको आक्रमणमा परेर अस्थायी ट्राफिक प्रहरी पोस्ट गडहियामा कार्यरत प्रहरी हबलदार सलिन्द्र रायको टाउकोमा गम्भीर चोट लागेको छ। उनको हाल न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

‘रामनगर गाउँपालिका- ५ का वडाध्यक्ष शिवनन्दन राय नेतृत्वमा रहेका झण्डै डेढसय स्थानीयले राति सवारी चाँचमा खटिएका ट्राफिक प्रहरीमाथि आक्रमण गर्दा घटना भएको हो,’ डीएपी श्रेष्ठले नेपालखबरसँग भने।

नयाँरोड-मधुवनी सडकखण्डमा पर्ने बैजनाथ चोकमा गएराति करिब नौ बजे प्रहरी निरीक्षक उज्वल कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली सवारी साधान र मापसे जाँचमा खटिएको थियो।

सोही क्रममा वडाध्यक्ष रायसँग प्रहरीको विवाद भएको थियो। त्यसपछि वडाध्यक्ष यादवले घटनास्थलमा स्थानीयलाई बोलाएका प्रहरीको भनाई छ। 

डेढसयको संख्यामा प्रहरी चौकीमा पुगेका सथानीयले ढुङ्गामुढा र लाठी प्रहार गर्दा रायको टाउको फुटेको प्रहरीको भनाई छ। उनीहरुले प्रहरी चौकी सिसौटमा पनि आक्रमण गरेका छन्। आक्रमणबाट चौकी परिसरमा राखिएको मोटरसाइकलमा पनि क्षति पुगेको छ। 

घटनापछि थप ३५ जनाको प्रहरी घटनास्थलमा पुगेको थियो। त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ। प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरभितर भएका थिए। 

पछाडीपट्टी टाउकाे फुटेर घाइते भएका प्रहरी हबलदार रायलाई धानी अस्पताल गडहियामा ७ वटा टाँका लगाई राति नै थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। त्यसपछि उनलाई थप उपचारको लागि न्युरो अस्पताल जनकपुर लगिएको छ। हबलदार रायको अवस्था सुधारोन्मुख रहेको डीएसपी श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad