समाज


ट्रकले यात्रु सवार गाडीलाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते

ट्रकले यात्रु सवार गाडीलाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते

नेपालखबर
जेठ २२, २०८२ बिहिबार ५:३६, काठमाडौँ

रौतहटमा दुई सवारी साधन आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

बुधबार दिउँसाे पूर्व–पश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ट्रक र विद्युतीय सोकोन गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर रामकुमार महताेले जानकारी दिए।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको गाडी र विपरीत दिशाबाट गइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा माइक्रोमा सवार सर्लाहीको रामनगर–१ खैर्वाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धीरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। उनीहरुको चन्द्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि प्रहरीले ट्रक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad