समाज


पर्सामा गाडी र मोटरसाइकल ठोकिँदा आगो लाग्यो, एक जनाको मृत्यु, अर्का घाइते

पर्सामा गाडी र मोटरसाइकल ठोकिँदा आगो लाग्यो, एक जनाको मृत्यु, अर्का घाइते

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८२ आइतबार १०:८, वीरगन्ज

पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

बहुदरमाई नगरपालिका–५ पटनीमा गएराति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको र अर्का प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको छ। 

मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। 

उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad