समाज


विवाह भएको ६ महिनामै कलाकार अभिनास झाकी पत्नी मृत फेला

विवाह भएको ६ महिनामै कलाकार अभिनास झाकी पत्नी मृत फेला

नेपालखबर
असार १०, २०८२ मंगलबार १०:१०, जनकपुरधाम

कलाकार अभिनास झा (कलकतियाबाली) की श्रीमती जनकपुरमा मृत भेटिएकी छन्। 

मंगलबार बिहान जनकपुर उपमहानगरपालिका-१५ स्थित आफ्नै निवासमा २१ वर्षीया अँसा सदा मृत अवस्थामा फेला परेकी हुन्।

जनकपुरधाम उपमहानगरपालिका-१५ नोचापुरमा रहेको घरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए। 

कलाकार झाको सुटिङ सेट नजिकै रहेको आफ्नै कोठामा झुन्डिएको अवस्थामा सदाको शव फेला परेको प्रहरीले जनाएको छ। 

उनको शव प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगेको छ। घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानका लागि सुटिङ सेटमा रहेका सबै डिभाइस प्रहरीले नियन्त्रणमा लिएको छ। 

६ महिनाअघि मात्रै कलाकार झा र अँसाबीच अन्तरजातीय विवाह भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad